मकहाँ आओ र म तिमीलाई विश्राम दिनेछु

जब प्रभु येशू पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले प्राय: एउटा आकर्षक वचन बोल्नुभयो: आओ। "हे सबै परिश्रम गर्ने र बोझले दबिएका हो, मकहाँ आओ, अनि म तिमीहरूलाई विश्राम दिनेछु" (मत्ती ११:२८)। "साना बाल-बालिकाहरूलाई मकहाँ आउन देओ... किनकि परमेश्वरको राज्य यस्तैहरूको हो।" (मर्कूस १०:१४) "यदि कोही तिर्खाउँछ भने, ऊ मकहाँ आओस् र पिओस्" (यूहन्ना ७:३७)। प्रभुले हामीलाई सँधै विश्रामको लागि र जीवनको लागि उहाँकहाँ आउन आमन्त्रित गरिरहनुभएको छ।