कोरोना भाइरस (COVID 19) महामारीको सामना गर्न हामीले के गर्नुपर्छ ?
पृथ्वीभरि कोरोना भाइरसको वर्तमान वियोगान्त शुरुआत साथै, हामी सबैलाई एक वा अर्को तरिकामा असर पारेको छ । धेरै जनाको प्रतिक्रिया चिन्ता र डर नै रहेको छ । तर प्रतिक्रिया दिने अर्को तरिका छ, र त्यो भनेको परमेश्वरलाई खोजी गर्नु हो !
परमेश्वरले भन्नुहुन्छ कि सङक्रामक रोगको समयले मानिसहरूलाई “तिनीहरू स्वयम्लाई विनम्र पार्न र प्रार्थना गर्न र उहाँको मुहार खोजी गर्न (२ इतिहास ७:१४)” खास अवसर प्रदान गर्दछ । “शान्तिका परमेश्वर स्वयम्” (१ थेसलोनीकि ५:२३) स्वर्गहरूमा मात्र रहन चाहनुहुन्न, तर उहाँ हामीद्वारा भेटाइन र हाम्रो लागि शान्ति हुन चाहनुहुन्छ । येशूले हामीलाई भन्नुहुन्छ, “तिमीहरूको हृदय विचलित नहोस्” परमेश्वरमा विश्वास गर्दछौं, ममा पनि विश्वास गर” (यूहन्ना १४:१) । हामी चिन्तित हुन आवश्यक पर्दैन । हामी चिन्ता र डरमा जिउनुपर्दैन । अर्को मार्ग छ । “प्रभु नजिकै हुनुहुन्छ” (फिलिप्पी ४:५) ।
तर यदि परमेश्वर स्वर्गहरूमा हुनुहुन्छ भने, कसरी उहाँ हाम्रो लागि नजिक हुन सक्नुहुन्छ र ? बाइबलले हामीलाई बताउँदछ कि परमेश्वर हाम्रो जीवन र हाम्रो शान्ति हुन चरणहरूको ऋङखला मार्फत जानुभयो । उहाँ स्वर्गबाट तल आउनुभयो र येशू नाउँ भनिन्एको मानिस बन्नलाई २, ००० वर्ष अघि देहधारण हुनुभयो त्यसैले उहाँ हामीसँग जिउन र सिधै हाम्रो मानव स्थितिलाई अनुभव गर्न सक्नुभयो । येशूले—हामीलाई असर पार्न पापको विषद्वारा नाश नगरिएको, र अब उप्रान्त त्यो विषको मुख्य नतिजा, मृत्युको अधीनतामा नरहेको—हाम्रो मानव जीवन जस्तो हुनुपर्नेथ्यो त्यस्तो जीवनको नमूनाझैँ यस पृथ्वीमा सिद्ध मानव जीवन जिउनुभयो (यूहन्ना १:१, १४) । कुनै अरू मानवजातिको येशूको जस्तै सकारात्मक रूपमा प्रभाव पारिएको मानव इतिहास छैन । जहाँ–जहाँ येशू जानुभयो, उहाँले उहाँलाई खोजी गरेकाहरूलाई शान्ति ल्याउनुभयो ।
त्यसपछि, पाप र मृत्युको समस्या समाधान गर्नको लागि, येशू हाम्रो प्रतिस्थापकझैँ (यशैया ५३:४–६) हाम्रो सट्टामा मृत्यु भोग्न क्रुसमा जानुभयो । क्रुसमा, उहाँ पापको विषको परमेश्वरीय विषनाशक औषधी उत्पादन गर्न सक्षम हुनुभयो—जुन चाहिँ पाप र मृत्युलाई निल्न हामीभित्र प्रदान गरिन रिहाइ गरिएको उहाँको अनन्त जीवन हो । उहाँ हामीलाई हाम्रा पापहरूबाट क्षमा दिनको लागि, हाम्रो लागि मर्नुभयो ताकि हामी पवित्र र धर्मी परमेश्वरसित शान्तिमा हुन सकौं (एफिसी २:१३–१४) र नाश नहोऔं तर उहाँभित्र विश्वास गरेर अनन्त जीवन पाउन सकौं (यूहन्ना ३:१६) । उहाँको मृत्यु र पुनरुत्थान मार्फत, हामीले परमेश्वरसित र अरूहरूसित शान्ति पाउन सक्छौं । त्यसपछि, उहाँको पुनरुत्थानको साँझमा, उहाँ आफ्ना चेलाहरूकहाँ देखा पर्नुभयो र भन्नुभयो, “तिमीहरूलाई शान्ति” र यसो भन्नुहुँदै तिनीहरू भित्र सास फुकिदिनुभयो, “पवित्र आत्मा लेओ” (यूहन्ना २०:२१–२२) ।
अब, आज, “वचन तपाईंकै नजिक, तपाईंकै मुखमा र तपाईंकै हृदयम छ...कि यदि तपाईंले आफ्नो मुखले येशूलाई प्रभुझैँ स्वीकार गर्नुहुन्छ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौरएर उठाउनुभएको हो भनी आफ्नो हृदयमा विश्वास गर्नुहुन्छ भने, तपाईं मुक्त हुनुहुनेछ” (रोमी १०:८–९) । तपाईंको शान्तिझैँ येशूलाई ग्रहण गर्ने र यस संसारमा पाप, अन्धकार, र मृत्युबाट मुक्त हुने सरल मार्ग यसरी प्रार्थना गर्नु होः
प्रभु येशू, म तपाईंभित्र विश्वास गर्छु ! प्रभु येशू पाप र मृत्युबाट मलाई मुक्त गर्नुहोस् ! प्रभु येशू म तपाईंलाई मेरो जीवन र मेरो शान्तिझैँ ग्रहण गर्न चाहन्छु । प्रभु येशू, ममा जिउन मभित्र आउनुभएकोमा तपाईंलाई धन्यवाद !
तपाईंले येशूलाई ग्रहण गर्न प्रार्थना गर्नुभएपछि, तपाईंले नियमित रूपमा उहाँसँग सङ्गति पाउने अभ्यास जारी राख्न सक्नुहुन्छ । परमेश्वरसित सङ्गति गर्नु भनेको असली अर्थमा उहाँसँग बातचित गर्नु हो । “कुनै कुरामा चिन्तित नहुनुहोस्, तर हरेक कुरामा धन्यवादसहित प्रार्थना र अन्तर्विन्तीद्वारा, आफ्ना बिन्तीहरू परमेश्वरकहाँ जान्ने तुल्याऊन्” (फिलिप्पी ४:६) । प्रार्थनामा उहाँकहाँ आउनुहोस् । तपाईंका चिन्ताहरू उहाँतर्फ खुल्ला पार्नुहोस् र उहाँ जे हुनुहुन्छ र उहाँले तपाईंको लागि जे गर्नुभएको छ त्यसको लागि उहाँलाई धन्यवाद दिनुहोस् । त्यसो गर्दा, तपाईं उहाँको मुक्तिभित्र पस्न सक्नुहुन्छ, “र परमेश्वरको शान्ति, जसले हरेक मानिसको बुझाइलाई उछिन्छ, तपाईंका हृदयहरू र तपाईंका सोचहरू ख्रीष्ट येशूमा सुरक्षा गर्नेछ” (पद ७)
परमेश्वर को हुनुहुन्छ र येशूमा उहाँले हाम्रो निम्ति के गर्नुभयो त्यस बारेमा अझ बढी चाह गर्नको लागि, हामी तपाईंलाइ हाम्रो वेबसाइटमा केही नि:शुल्क पुस्तकहरू डाउनलोड गर्नलाई आमन्त्रित गर्छौं: