समूह दुई, दोस्रो पुस्तक, २०४ पृष्ठहरू
विटनेस लीले व्यवस्था विवरणको पुस्तकमा चित्रण गरिएको असल भूमि ख्रीष्टको पूर्ण प्ररूप र तस्वीर हो भनी प्रकाश पार्दछ । जसरी भूमि खोज्न नसकिने प्रचुरताहरूले भरिपूर्ण छ, त्यसरी नै ख्रीष्ट हाम्रो लागि हुनुहुन्छ । यो पुस्तकले परमेश्वरका खोजीकर्ताहरूलाई परमेश्वरको अनन्त उद्देश्यको पूर्णताको निम्ति हामीलाई हरेक कुरा हुनुहुने ख्रीष्टको दैनिक अनुभवभित्र प्रवेश गर्न उत्साहित पार्दछ ।
“पुरानो करारभरि भेट्टाइएका सबै प्ररूपहरू र तस्वीरहरूले हाम्रा मुक्तिदाता येशू ख्रीष्टको आश्चर्यजनक दृष्टिकोण प्रस्तुत गर्दछन् । सबभन्दा महत्वपूर्ण तैपनि बेवास्ता गरिएका प्ररूपहरूमध्ये एउटाचाहिँ असल भूमि हो । सर्व–सम्मिलित ख्रीष्टमा विटनेस लीले व्यवस्था विवरणको पुस्तकका खण्डहरूलाई व्याख्या गर्छन्, जसले इस्राएलका सन्तानहरूद्वारा उत्तराधिकार गरिएको भूमि हाम्रो नयाँ करारको उत्तराधिकार हुनुहुने ख्रीष्टको पूर्ण प्ररूप हो भनी देखाउँदछ । उनले असल भूमिका केही खोज्न नसकिने प्रचुरताहरूको विस्तृत अध्ययन प्रस्तुत गर्दछ । प्रत्येक प्ररूपलाई विश्वासीहरूझैं हाम्रो अनुभवको लागि व्याख्या गरिन्छ र लागू गरिन्छ । शुरूदेखि अन्तसम्मै सर्व–सम्मिलित ख्रीष्टले परमेश्वरका खोजीकर्ताहरूलाई परमेश्वरको अनन्त उद्देश्यको परिपूर्णताको निम्ति असल भूमि हुनुहुने ख्रीष्टलाई दिनहुँ अनुभव गर्न र रुचाउनलाई प्रोत्साहित गर्दछ ।”