समूह तीन, तेस्रो पुस्तक, १६२ पृष्ठहरू
वाचमेन नीले मण्डलीलाई प्ररूपित गर्ने बाइबलबाटका चार अनुच्छेदहरूलाई विचारविमर्श गर्दछ । यी प्रचुर प्रतिनिधिहरूमार्फत, हामीले कसरी परमेश्वरले मण्डलीलाई स्वर्गीय परिप्रेक्षबाट दृष्टिगत गर्नुहुन्छ र कसरी मण्डलीसित परमेश्वरको अनन्त उद्देश्य परिपूर्ण गर्ने उच्च बोलावट छ भनी देख्दछौं ।
“परमेश्वरले मण्डली, छुटकारा गरिएका विश्वासीहरूलाई स्वर्गीय परिप्रेक्षबाट हेर्नुहुन्छ । उनलाई पाप र पापहरूको शक्तिद्वारा पराजित गरिएझैं देख्नुभन्दा धेरै टाढा, परमेश्वरले मण्डलीलाई ख्रीष्टको महिमामय समकक्षीझैं हेर्नुहुन्छ । महिमामय मण्डलीमा वाचमेन नीले बाइबलमा भएका मण्डलीका चार महत्वपूर्ण प्रतिनिधिहरूको बारेमा विचारविमर्श गर्दछः उत्पत्ति २ मा भएकी हव्वा, एफिसी ५ मा भएकी पत्नी, प्रकाश १२ मा भएकी स्त्री, र प्रकाश २१ र २२ मा भएकी दुलही । प्रत्येक घटनामा, उनले परमेश्वरको अनन्त उद्देश्य परिपूर्ण गर्नको लागि हुने मण्डलीको उच्च बोलावटलाई प्रस्तुत गर्दछ । हालै पत्ता लगाइएका हस्तलिखित नोटहरूले महिमामय मण्डलीको यो नयाँ र ताजा अनुवादलाई सम्पूरण गर्दछन्, जुनले यसलाई १९३९ को शरद् ऋतुदेखि १९४२ को शरद् ऋतुसम्म वाचमेन नीद्वारा दिइएका सन्देशहरूको सर्वाधिक पूर्ण अभिलेख बनाउँदछ ।”